विराटनगर । प्रदेश १ को नाम कोशी राख्ने बारेमा दलहरु सहमत भएका छन् । गोप्य बैठक बसेर दलहरु नाम राख्ने बारेमा सहमतीमा पुगेका हुन् । दलहरुले सरप्रपाईजको रुपमा प्रदेश १को नाम कोशी ल्याउने सहमतीमा पुगेका हुन् ।
आज बस्ने प्रदेश सभको बैठकबाट प्रदेश १ को नाम प्रक्रियामा लगेर टुंगो लगाउने तयारी भएको नेताहरुले बताएका छन । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा र नेकपा माओवादी प्रदेश १ को नाम कोशी राख्नेमा सहमती गरेका हुन् । यसलाई जसपाले पनि समर्थन गरेको बुझिएको छ।
पहिचानको मुद्दामा अडिएको नेकपा माओवादी केन्द्रले भने सरकारले ल्याएको नाममा भोट गर्ने जनाएको छ।
त्यस्तै नेकपा एकिकृत समाजवादीले भने फरक नाम प्रस्तावको रुपमा लग्ने तयारी गरेको नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले जानकारी दिए । ‘अरु दलले के प्रस्ताव लग्छन् थाहा भएन, उनले भने, हामीले प्रदेश १ को नाम ‘किराँत–कोशी वा किराँत–सगरमाथा’ मध्ये एक लग्ने तयारी गरेका छौँ ।’
प्रदेश १ को नाम बहुुपहिचानको आधारमा लिएर जाने तयारी रहेको उनले जानकारी दिए ।