बिहिवार, आश्विन २२ गते २०८३
प्रदेश १ नामाकरण

कोसीको पक्षमा माओवादी केन्द्रले मतदान गर्ने

बुधवार , फाल्गुण १७, २०७९

विराटनगर। प्रदेश १ को नाम कोसी राख्न नेकपा माओवादी केन्द्र पनि सहमत भएको छ । कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोसी पेश गर्ने सहमति गरेका थिए ।

पहिचानको पक्षमा रहेको माओवादी केन्द्रले पनि कोसीमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्र प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिए ।

यसअघि माओवादी केन्द्रले पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेको थियो । तर संसदीय दलको बैठकले कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको उप्रेतीले बताए ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार