विराटनगर । प्रदेश सभाको बैठक २ घण्टाको लागि स्थगित भएको छ। प्रदेश १ को नामाकरणको बिषयमा छलफल सकिएपछि त्यस बारेमा संशोधन हाल्नको लागि बैठक २ घण्टाको लागि स्थगित भएको सभामुख बाबुराम गौतमले प्रदेश सभालाई जानकारी गराए ।
प्रदेश १ को नामाकरण टुंगो लगाउन प्रदेश सभाको बैठक दिउँसोदेखि बसेको थियो ।
नामको बारेमा प्रस्तावक रामबहादुर मगरले सदनमा उठेको प्रश्नको जवाफ दिएपछि बैठक २ घण्टाको लागि स्थगित गरिएको छ। यो २ घण्टाको बिचमा सांसदहरुले संशोधन प्रस्ताव हाल्न पाउने ब्यवस्था छ ।
२ घण्टापछि बस्ने प्रदेश सभाको बैठकले प्रदेश १ को नाममा मत विभाजन गर्ने छ । मतको आधारमा दुई तिहाई मत प्राप्त गरेपछि प्रदेश सभाबाट प्रदेश १ ले नाम पाउने कानुनी ब्यवस्था छ।
प्रदेश सभाको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाले कोशी नामलाई स्वीकार गरिसकेका छन् ।