आइतवार, आश्विन २५ गते २०८३

एमालेले नेपालसहित २२ सांसदलाई २२ घण्टे स्पष्टीकरण सोध्यो

सोमवार , श्रावण ४, २०७८

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको १०औं केन्द्रीय कमिटी बैठकले पार्टी निर्णयविपरीत देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका थिए । विश्वासको मत दिने ओली पक्षका ८ सांसदमध्ये गोपाल(किसन) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् ।

नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी थिए ।

उनिहरु सबैलाईस्पष्टीकरण सोधिनेभएको छ। तरहिँजो भनेदेउवालाई विश्वासको मत दिने एमालेमा नरहने भनिएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार