बिहिवार, आश्विन २२ गते २०८३
बनेन प्रतिनिधिसभा नियमावली

संसद प्रभावहीनः संसदीय गतिविधिबिनै अधिवेशन अन्त्य गर्ने तयारी 

शनिवार , फाल्गुण २०, २०७९

प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा संसदीय गतिविधि नभईकनै अधिवेशन सकिने सम्भावना बढेको छ । प्रतिनिधिसभाको बैठक चैत ५ सम्म स्थगित भएसँगै अब यो अधिवेशनमा संसद्को कामकारबाही धेरै दिन नहुने देखिएको हो ।

अगामी जेठ १५ गते सरकारको वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने हुँदा वैशाखको दोस्रो सातापछि नै बस्ने गरी बर्षे अधिवेशन बोलाउनुपर्ने अवस्था छ ।

संसद्को हिउँदे अधिवेशन चैत महिनासम्म हुने भए पनि अझै नियमावली पारित हुन नसक्दा संसद्को अधिवेशन संसदीय गतिविधिविनै सकिने सम्भावना देखिएको हो ।

गत पुस २५ देखि अधिवेशन सुरु भएपनि प्रतिनिधिसभा नियमावली नबनेसम्म प्रतिनिधि सभाले गति लिन नसक्ने भएका कारण संसद प्रभावहीन भएको छ ।

प्रतिनिधिसभा नियमावली नबन्दा संसदीय समिति गठन हुन सकेका छैनन् भने कार्यव्यवस्था परामर्श समितिको पनि गठन हुन सकेको छैन ।

प्रधानमन्त्री र मन्त्रीसँग संसदमा हुने प्रश्नोत्तर पनि नयाँ नियमावली बमोजिम गर्ने भनिएपनि नियमावली बन्न समय लागेपछि रोकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार