आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस केन्द्रीय सदस्यमा शाहको उमेद्वारी घोषणा

मंगलवार , श्रावण ५, २०७८

काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता कमलबहादुर शाहले केन्द्रीय सदस्यको उमेद्वारी घोषणा गरेका छन् ।

काठमाण्डौमा भएको यूवाहरुको भेलामा शाहले १४ औं महाधिवेशन आफ्नो केन्द्रीय सदस्यको उमेद्वारी रहने घोषणा गरेका हुन ।  महासमिति सदस्यसमेत रहेका शाहले संविधान सभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नं। २ बाट प्रत्यक्ष तर्फ उमेद्वार रहेका थिए । उनी काँग्रेसको १३ औं महाधिबेशनमा खुल्ला तर्फ केन्द्रीय सदस्यको उमेद्वार थिए ।

शाहले  विभिन्न ठाउँमा देखिएको क्रियाशिल सदस्यताका विषयमा पार्टीको विधि, विधान प्रक्रिया तथा पार्टीको केन्द्रीय समिति तथा पदाधिकारीहरुको बैठकका आधारमा निष्पक्ष तरिकाले सामाधान गर्नु पर्नेमा जोड दिए । कुनै व्यक्तिको नाममा पार्टी कब्जा गर्ने नियतले दिइएको क्रियाशिल सदस्यता खारेज गर्नुको विकल्प नरहेको उनले बताए।

पार्टी भित्रको आन्तरिक समस्या तथा क्रियाशिल सदस्यताका विषयमा उत्पन्न विवादका सन्दर्भमा काँग्रेस संस्थापनइतर समुहले सोमबार काठमाण्डौमा भेलाको आयोजना गरेको थियो । भेलामा केन्द्रीय सदस्य गगन थापा, दीपक गिरी, चन्द्र भण्डारी, गुरुराज घिमिरे, रजित कर्ण, सरिता पसाई, अनिता यादब लगायत उपस्थित थिए ।

नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार