आइतवार, आश्विन २५ गते २०८३

प्रचण्ड, नेपाल र यादवबीच भेटवार्ता, के भयो कु्राकानी ?

मंगलवार , श्रावण ५, २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज बिहान छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। 

नेता नेपालको निवास कोटेश्वर पुगेका प्रचण्ड र नेपालबीच झन्डै दुई घण्टा कुराकानी भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

नेता नेपाललाई भेटेर प्रचण्ड बाहिरिएलगत्तै जसपाका अध्यक्ष यादव नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। नेता नेपालसँगको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बुझिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएसँगै मन्त्रिमण्डललाई विस्तार गर्ने तयारी गरिरहेका बेला गठबन्धनका नेताहरुबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ।

नेता नेपाललाई भेटेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार