आइतवार, आश्विन २५ गते २०८३

विप्लबको नेता भेटघाट क्रमस: ओलीसंग पनि भेट

मंगलवार , श्रावण ५, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबिच भेटवार्ता भएको छ। ओलीलाई भेट्न विप्लव मंगलबार बिहान भक्तपुरको बालकोट स्थित उनकै निवास पुगेका हुन्।

उनीहरुबिच बिहान साढे ८ देखि साढे ११ बजेसम्म भेटवार्ता भएको हो। भेटमा नेकपा प्रवक्ता खड्क बहादुर विश्वकर्मा, सचिवालय सदस्य धमेन्द्र बास्तोला, सन्तोष बुढासहित सहभागी रहेको जनाइएको छ ।

पछिल्लो समय नेता विप्लव भेटवार्तामा व्यस्त छन्, सोही क्रममा ओलीसँग भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । विप्लवले ट्विट गरेर पछिल्लो राजनीतिक अवस्थाका विषयमा ओलीसँग छलफल भएको जानकारी दिएका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार