आइतवार, आश्विन २५ गते २०८३

ओलीसंग विप्लव समूहका नेताको यस्तो गुनासो 

मंगलवार , श्रावण ५, २०७८

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द (विप्लव) समूहको नेकपाका नेताहरबीच भेटवार्ता भएको छ । भेटमा विप्लव समूहका नेताहरुले हिजो भएका सहमति अनुसार नै अगाडि बढ्न चाहेको बताएका थिए ।

उनीहरुले २०७७ को १ फागुनमा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो गरेका थिए । कानूनी जटिलता रहेका कारण फुकाउने क्रममा अगाडि बढ्दै जाँदा समय नपुगेको भन्दै सहमति अनुसार अगाडी बढ्ने भन्दै अध्यक्ष ओलीले सरकार भए पनि विपक्षमा रहे पनि सहमतिबारे आफ्नो धारणा एक रहने बताएको जनाइएको छ । 

भेटका लागि महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बस्तोलाई ओली, निवास बालकोटमा पुगेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार