आइतवार, श्रावण २४ गते २०८३

तालिवानद्वारा राष्ट्रपति भवन नजिक आक्रमण

मंगलवार , श्रावण ५, २०७८

काठमाडौं । अफगानिस्तानको कट्टरपन्थी विद्रोही समूह तालिवानले काबुलस्थित राष्ट्रपति भवननजिकै आक्रमण गरेको छ । मंगलबार अफगान राष्ट्रपति अशरफ घानीको कार्यालयनजिकै तालिबानले कयौं मोर्टार आक्रमण गरेको समाचारमा जनाइएको छ । 

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्ट्यानिक्जाइले हमलामा मानवीय हताहती नभएको र तालिबानले प्रहार गरेको मोर्टार राष्ट्रपति भवनको परिसर बाहिर खसेको जानकारी दिएका छन् ।

आधिकारिक रूपमा हमलाको जिम्मा नलिएपनि सम्पर्कसूत्रहरूले तालिबानले नै सो हमला गरेको बीबीसीले जनाएको छ । आक्रमण हुँदै गर्दा अफगानी राष्ट्रपति घानी भने नमाज पढिरहेका बीबीसीले उल्लेख गरेको छ । राष्ट्रपतिले नमाज पढिरहँदा सो दृश्य राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया
सम्बन्धित समाचार