बुधवार, आश्विन १४ गते २०८३

राहुल गान्धीको सांसद पद खारेज

शुक्रवार , चैत्र १०, २०७९

भारतीय कंग्रेस नेता राहुल गान्धीकाे लोकसभाको सदस्यता रद्द गरिएको छ ।

 चार वर्ष पुरानो मानहानीको घटनालाई लिएर उनी विरुद्ध भएको सजायको एक दिनपछि लोकसभाको सदस्यता रद्द गरिएको हाे।

यसअघि बिहीबार राहुललाई सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको घटनामा २ वर्षको सजाय सुनाएको थियो । अदालतले गान्धीलाई १५ हजार जरिवाना पनि तोकेको छ । तर उनलाई फैसलाविरुद्ध अदालतमा अपिल गर्नका लागि एक महिनाको समय दिइएको छ ।

सन् २०१९ मा गान्धीले मोदी थरलाई लिएर एउटा टिप्पणी गरेका थिए । मुद्दाको सुनुवाइ भइरहेका बेला राहुल सुरत अदालतमा उपस्थितसमेत थिए । राहुलले कथित रूपमा एक बयानमा 'किन सबै चोरका थर मोदी छ ?' भनेको आरोप लागेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार