काठमाडौं । नेपाल प्रहरीका चार जना डीआईजीहरुकाे नाम एआईजीमा बढुवाका लागि सिफारिसमा गरिएकाे छ। गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ बढुवाका लागि सिफारिसमा परेका हुन् ।
धिरज प्रताप सिंहले महानिरीक्षकबाट अवकाश पाएसँगै उनका ब्याचीहरुले अवकाश पाएका थिए। खाली रहेको चार एआइजी पदमा सोमबार बढुवा सिफारिस गरेको हो।
६८.४६१२ नम्बर सहित सन्दिप बढुवा सिफारिसको पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा सिफारिसमा परेका सुदिपको ६८.२११२ नम्बर छ ।
तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र चौथो स्थानमा रहेका टेकबहादुरले ६७.६९७३ नम्बर पाएका छन् ।