मंगलवार, कार्तिक ४ गते २०८३

बर्दिबासबाट हिँडेर १२औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु

सोमवार , चैत्र १३, २०७९

काठमाडौं। बर्दिबासका मिटरव्याजपीडित न्याय खोज्दै काठमाडौं आइपुगेका छन् । उनीहरू हेटौंडा हुँदै १२ दिनको पैदल हिँडेर काठमाडौं आईपुगेका हुन् । चन्द्रागिरी मातातीर्थमा आइपुगेका उनीहरु खाने, बस्ने बन्दोबस्तीका सामान बोकेर आन्दोलनमा होमिएका छन् । 

समूह बनाएर आएका उनीहरू ८५ जना रहेको बताइएको छ । पीडितहरू मातातीर्थबाट सीधै काठमाडौं खुल्लामञ्च आउने तयारीमा छन् । आफ्नो माग पूरा नभएसम्म काठमाडौंबाट नफर्कने उनीहरूको अडान छ ।

पीडितलाई न्याय दे, मिटरब्याजीको अवैध सम्पत्ति छानबिन गरजस्ता नारा लेखिएको प्लेकार्ड बोकेका पीडितले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर माग राख्ने इच्छा राखेका छन् ।

मिटरब्याजी पिडितहरूले ८ गुनासम्म बढाएर मिटरब्याजीले रकम लिएको, घरबारविहीन बनाएको गुनासो गरेका छन् ।

सीके राउतको चेतावनी
जनमत पार्टीका अध्यक्ष सीके राउतले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताएका छन्।

राउत सोमबार दिउँसो महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर हिजो काठमाडौं आइपुगेका पीडितहरुलाई भेट्न मातातीर्थमा पुगेका थिए। राउतले मिटर ब्याज पीडितहरुको पक्षमा आफ्नो पार्टी जनमतले आन्दोलन गरेको बेला सरकारसँग सहमति भएको बताए।

तर अहिले पनि समस्या रहेको भन्दै उहाँले समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताए। उहाँले यदि सरकारले समस्या समाधान नगरे आफ्नो पार्टी पनि आन्दोलनमा आउने पनि बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार