बिहिवार, आश्विन २२ गते २०८३
कानून संसोधन हुने

मिटरब्याजमा रकम असुली गर्नेलाई सजायको व्यवस्था गर्ने सरकारको निर्णय

मंगलवार , चैत्र १४, २०७९

काठमाडौं। सरकारले मिटरब्याजमा रकम असुली गर्नु अपराध मानिने गरी कानुन संसोधन गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी अपराध संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निणर्य गरेको हो ।

कानुन संशोधनको प्रक्रिया पूरा गर्न मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने निणर्य भएको एक मनत्रीले बताएका छन् ।

मिटरब्याजमा रकम असुलीलाई अपराध मान्न मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, मुलुकी देवानी संहिता ऐन र मुलुकी देवानी कार्यविधि संहिता ऐनका केही प्रावधान संशोधन हुनेछ ।

गाउँमा साहुकारसँग लिएको चर्को ब्याजको ऋण (मिटरब्याज) का कारण जायजेथा गुमाउनुपरेको भन्दै न्याय माग्न मधेशका जिल्लाबाट एक टोली पैदल हिँडेर काठमाडौं आएको छ ।

उनीहरुले काठमाडौं आएर माइतीघरमा प्रदर्शन थालेको दुई दिनपछि सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्ने निणर्य गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार