काठमाडौं । चम्पावती हाइड्रोपावर लिमिटेडले चुक्ता पुँजीको १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसहित १७औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले सञ्चालक समितिको निर्णयबमोजिम यसअघि असोज २८ गतेका लागि तय भई स्थगित गरिएको वार्षिक साधारण सभा अब कात्तिक २० गते शुक्रबार बिहान ८ः३० बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने जनाएको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम वितरणयोग्य मुनाफाबाट कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँको १६ प्रतिशतले हुने ६ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभाबाट स्वीकृत गरिने भएको छ । उक्त लाभांश करसहित हुने कम्पनीले जनाएको छ ।
सभामा आर्थिक वर्ष २०८२र८३ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८२र८३ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
सभाले आर्थिक वर्ष २०८३र८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि पनि निर्णय गर्नेछ । सभामा विविध प्रस्तावसमेत छलफल गरिने सूचनामा उल्लेख छ ।