बुधवार, आश्विन १४ गते २०८३

भारतमा रुसी तेलको बिक्री २२ गुणा बढ्यो 

मंगलवार , चैत्र १४, २०७९

रुसले युक्रेन युद्ध सुरु भएयता भारतमा रुसी तेलको बिक्री २२ गुणा बढेको दाबी गरेको छ । रुसी उपप्रधानमन्त्रीले सन् २०२२ मा युक्रेनयुद्धपछि युरोपेली मुलूकहरूले रुसी तेललाई निरुत्साहित गरेका बेला भारसँग तेल बिक्री २२ गुणा बढेको दाबी गरेका हुन्।

मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि युरोपियन युनियन (ईयू)ले रुसी तेलमाथिको निर्भरता घटाएको थियो । यससँगै रुसको तेल बिक्री चीन र भारतमा बढेको थियो ।  

ईयूले गत डिसेम्बरमा रुसी समुद्री तेलमा ६० अमेरिकी डलरको मूल्य सीमा तय गरेको थियो । यसमा विश्वका प्रमुख सात अर्थतन्त्रहरूको समूह जी-७ ले पनि सहमति जनाएको थियो । रुसको ऊर्जा क्षेत्रको जिम्मेवारी पनि सम्हालेका नोभाकले चीनमा पनि आपूर्ति बढ्दै गएको बताए ।

तेलको प्रमुख उत्पादक र ओपेक तेल कार्टेलको प्रमुख सहयोगी रुसले पश्चिमी प्रतिबन्धहरूको प्रतिक्रियास्वरूप यस महिना कच्चा तेलको उत्पादन प्रति महिना पाँच लाख ब्यारेलले घटाएको छ । करिब ५ प्रतिशतको यो उत्पादन कटौती जुनसम्म जारी रहने उनले बताएका छन् ।

गत वर्षको तुलनामा फेब्रुअरीमा रुसको तेल निर्यातबाट उठेको राजस्व करिब आधाले घटेको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार