काठमाडौं । चीनमा बाँदरजन्य भाइरसको नयाँ आतंक सुरु भएको छ । चिनबाटै सुरु भएको कोरोना भाइरसले हाल विश्वलाईनै आतंकित पारेको छ । यो भाइरसको जोखिम नसकिँदै फेरी चीनमा नयाँ फेला परेको भाइरसका कारण एक पशु चिकित्सकको मृत्यु समेत भएको छ ।
नयाँ फेला परेको भाइरसको नाम ‘मंकी बि’ हो । चीनको बेइजिङमा मंकी बि भाइरस अर्थात बाँदरजन्य भाइरसको कारण एक व्यक्तिको मृत्यु भएको ग्लोबल टाइम्सले पुष्टि गरेको छ ।
ग्लोबल टाइम्सका अनुसार बेइजिङमा जनवारका एक चिकित्सकको मंकी भाइरसले मृत्यु भएपनि उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्ति भने सुरक्षित रहेका छन् ।
५३ बर्षिय यि पशु चिकित्सक एक इन्स्टिच्युटमा नन ह्युमन प्राइमेट्समाथि अध्ययन गरिरहेका थिए । रिपोर्टका अनुसार मार्चमा उनले दुई मृत्त बाँदरमाथि शोध गरेका थिए । त्यसको एक महिनापछि उनमा वान्ता आउने लक्षण देखिएको थियो ।
पत्रिकाका अनुसार उक्त पशु चिकित्सकको केही अस्पतालमा उपचार गरियो, तर बचाउन नसकिएको हो । यस मंकी बी भाइरसको पहिलो घटना मार्चमा देखिएको चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले यस घटनालाई पुष्टि गरेको छ ।
के हो मंकी बि भाइरस ?
मंकी बी भाइरस सामान्यत हर्पीज बी, हर्पिस भाइरस समिया र हर्पिस भाइरस बीको रुपमा पनि जानिन्छ । यो एक भाइरस हो जो वास्तवमा बाँदरको कारण फैलिन्छ । युनाइटेड स्टेट्स सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार मंकी बि भाइरस मान्छेमा संक्रमित भएको खबर एकदमै दुर्लभ हो । यो भाइरसको पहिचान सबैभन्दा पहिले १९३२ मा भएको थियो ।
त्यसबेला देखि अहिलेसम्म केवल ५० व्यक्तिमा मात्र यो भाइरस फैलिएको देखिएको छ । त्यसमध्ये २१ जनाको मृत्यु भएको छ । साथै कोरोना भाइरस जस्तै यो भाइरस मान्छेबाट मान्छेमा फैलिएको पाइएको छैन ।
मंकी बि भाइरस बाँदरको ¥याल, मलमुत्र, मस्तिष्क वा मेरुदण्डको हड्डीको टिश्युमा पाइन्छ, जुन सतहमा घन्टौसम्म जीवित रहन्छ । यस भाइरसबाट मान्छेमा संक्रमण हुने जोखिम कम छ ।