काठमाडौं। तीन मन्त्रालय नपाए नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा नजाने भएको छ । आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले तीन मन्त्रालयको अडान कायमै राख्ने निणर्य गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
उनले प्रधानमन्त्रीले नाम माग्ने वितिकै तीन जनाको नाम दिन पार्टी तयार रहेको बताएका हुन् । खतिवडाले पार्टीले गठबन्धन निर्माणमा ठूलो भूमिका निर्वाह गरेकाले राष्ट्रियसभाको उपनिर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पनि पार्टीको भूमिका महत्वपूणर् रहेको भन्दै तीन मन्त्रालय जसरी पनि पाउनुपर्ने दाबी गरे।
स्रोतका अनुसार पार्टी अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा सदस्यसमेत रहेका बेदुराम भुसालको नेतृत्वमा सरकारमा सहभागी गराउन चाहेका छन्।
भुसालले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा दाबी गरेपछि अध्यक्ष नेपाल जसरी पनि उक्त मन्त्रालय पाउनुपर्ने अडान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राखे।