सोमवार, कार्तिक ३ गते २०८३

फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

शनिवार , चैत्र १८, २०७९

काठमाडौँ। बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट फोटो पत्रकार प्रदीपराज वन्त पुरस्कृत भएका छन् ।

शुक्रबार रिपोटर्स क्लब नेपालको २५ औँ वार्षिकोत्सवका अवसरमा फोटो पत्रकार वन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पुरस्कार प्रदान गरेका हुन्।  

सगरमाथा आरोही स्व.बाबुछीरी शेर्पाको सम्झनामा क्लवले रु. २५ हजार राशीको यो क्लवले पुरस्कार दिंदै आएको छ । २०६४ सालमा जनदिशा दैनिकबाट फोटो पत्रकारिता सुरु गरेका उनी नेपाली फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन् ।

मोडलिङ फोटो पत्रकारितामा साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यक्रम व्यवस्थापनमा समेत दख्खल राख्ने उनी देशभरका फोटो पत्रकारहरुको साझा संस्था राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे अध्यक्ष पनि हुन्।

उनी राष्ट्रिय समाचार समितिको वरिष्ठ फोटो पत्रकार र हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय फोटोग्राफरका रूपमा कार्यरत छन् ।

सो कार्यक्रममा विभिन्न समाचार गृहमा काम गर्ने उत्कृष्ट पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार