सोमवार, कार्तिक ३ गते २०८३

मिटरब्याजीको आरोपमा जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी पक्राउ

सोमवार , चैत्र २०, २०७९

सप्तरी। मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेशी पक्राउ परेका छन् । सप्तरीको राजविराजबाट सोमबार बिहान उनलाई प्रहरीले पक्राउ गरेको हो । 

मिटरब्याजी पीडित काठमाडौं पुगेर न्यायका लागि संघर्ष गरिरहेका बेला उनी पक्राउ परेका हुन् । गत शनिबार पीडितसँग पाँच बुँदे सहमति गरेको सरकारले मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

साथै मिटरब्याजीलाई तत्काल  पक्राउ गरी कारबाही गर्नुपर्ने आवाज प्रतिनिधिसभामा उठेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार