आइतवार, आश्विन २५ गते २०८३
एमाले विवाद

एकता प्रक्रिया चलिरहेका वेला स्पष्टीकरण सोध्नु र प्रदर्शनको अर्थ छैन : नेपाल समुह

बुधवार , श्रावण ६, २०७८

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले पार्टी एकता प्रक्रियालाई जोड दिने निष्कर्ष निकालेको छ । बुधबार बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले एकता प्रक्रियालाई जोड दिने सहमति भएको नेता रघुजी पन्तले जानकारी दिए । 

साथै अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्नुको कुनै अर्थ नभएको बताएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका नेता नेपालसहित २२ सांसदले विश्वासको मत दिएका थिए । त्यसपछि नेपालसहित ति सांसदलाई अध्यक्ष ओली पक्षले स्पष्टीकरण सोध्नुको साथै उनिहरु विरुद्ध प्रदर्शन समेत भइरहेको छ । 

नेता पन्तका अनुसार बैठकले नेता नेपालिवरुद्ध नाराबाजी बन्द गर्न प्रस्ताव समेत पारित गरेको छ । ’एकता वार्ता चलिरहेको र दश बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराजुलुस गर्ने एवं पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसद्हरुलाई आतंकित पार्ने र उनीहरु विरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ’, नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार