आइतवार, श्रावण २४ गते २०८३

बढन थाल्यो कोरोना संक्रमण, आज मात्रै ८४ जना संक्रमित

बिहिवार , चैत्र २३, २०७९

काठमाडौं । पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना भाइरस संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार  १ हजार ४०२ नमूना परीक्षण मध्ये ८४ जनामा कोरोना संक्रमण देखिएको हो । जसअनुसार २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना देखिएको हो ।

यसैगरी, हाल  कोरोना संक्रमितको संख्या ३५८ जना रहेका छन । जसमध्ये आइसोलेसनमा १७ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एकजना कोरोनाका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार