सोमवार, कार्तिक ३ गते २०८३

सिंहदरबार परिसरबाट एक दर्जनभन्दा बढी मिटरब्याज पीडित पक्राउ

शुक्रवार , चैत्र २४, २०७९

काठमाडौं। प्रहरीले एक दर्जनभन्दा बढी मिटरब्याज पीडितलाई सिंहदरबार परिसरबाट पक्राउ गरेको छ । न्याय माग्न तराईबाट काठमाडौं आएका मिटरब्याज पीडित शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारीमा रहेको बेला प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा अवदेश कुशवाह, सौरभ श्रेष्ठ, अभिषेक भूल, बोध कुमारी खड्का, जैस्तला कोइरी, विकेश चौधरी, रविता खातुन, सन्तोषी देवी केवट, रामशुभक मुसहर, नवाब सरिफ, अंकित खनाल, अम्बिका चौधरी, तिलेशोइरी देवी यादव, देवसरा देवी रजभक, अकबर मियाँ, मोहरलाल यादव रहेका छन् ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग गत शनिबार ५ बुँदे सहमति गरे पनि उक्त सहमतिले मात्र आफूहरुको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ ।

उनीहरुले मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शन गर्दै आएका छन् । सरकार आफूहरुको माग सम्बोधनमा गम्भीर नभएको उनीहरूको गुनासो छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार