आइतवार, श्रावण २४ गते २०८३

नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने एकजना पक्राउ 

शुक्रवार , चैत्र २४, २०७९

काठमाडौं। नेपाली सेनाको साइवर स्पेसमा हमला गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने सागर ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।

साइबर स्पेसमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न समयमा साइवर हमला भएको पाइएपछि सेनाले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो ।

सोहीअनुसार साइवर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा २१ वर्षीय ढकालको संलग्नता खुलेको थियो ।  

ब्युरोका सूचना अधिकारी पशुपति कुमार रायले उनीमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार