सोमवार, कार्तिक ३ गते २०८३

गैरआवासीय नेपाली सङ्घमा कार्यकारी अध्यक्षको कार्यभार डा. बद्री केसीलाई हस्तान्तरण

शनिवार , चैत्र २५, २०७९

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ ।

एक वर्षअघि सङ्घको १०औँ महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन् ।

यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

कार्यकारी अध्यक्ष डा केसीले छ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा सङ्घको ११औँ महाधिवेशन पनि गर्नुपर्ने तालिका रहेको छ । समारोहमा अध्यक्ष केसीले आगामी छ महिनामा गर्ने कामबारे जानकारी गराएका थिए ।

यसैगरी अध्यक्ष थापाले विगत छ महिनामा भए गरेका कामबारे अवगत गराएका थिए भने अध्यक्ष अचार्यले सहमतिअनुसार आगामी ११औँ महाधिवेशन एकताको महाधिवेशन हुने र त्यसमा सङ्घका सबै सदस्य अट्ने विश्वास व्यक्त गरे।

सन् २००३ मा स्थापित सङ्घले २० वर्षमा रचनात्मक काम गरेको छ । हालसम्म विश्वका ८६ देशमा सङ्घका राष्ट्रिय समन्वय परिषद् गठन गरिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार