आइतवार, श्रावण २४ गते २०८३

सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक

मंगलवार , चैत्र २८, २०७९

सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ। 

मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

पेजबाट अनधिकृत रूपमा पोष्ट समेत भएको छ। अहिले प्राविधिक टोलीले उक्त पेजलाई पुन: नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको डिएसपी थापाले बताए। 

‘एक्कासी बिहानदेखि समस्या आयो। प्राविधिक टोलीले पूरानै अवस्थामा फर्काउने प्रयास भइरहेको छ,’ उनले भने, ‘कसरी यस्तो भयो भनेर अध्ययन गरिरहेको छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार