आइतवार, श्रावण २४ गते २०८३

नेपालमा कोरोनाबाट तीन महिनापछि एक जनाको मृत्यु, १०६ संक्रमित थपिए

मंगलवार , चैत्र २८, २०७९

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा १ जनाको कोरोनाभाईरस संक्रमणबाट मृत्यु भएको छ । नेपालको कोरोनाबाट भएको यो मृत्यु झण्डै तीन महिनापछि हो।

यसअघि पुस २३ गते नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको थियो ।

सोमबार वीर अस्पतालमा उपचाररत ७० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । अस्पतालका अनुसार ती महिलामा मधुमेह र फोक्सोसम्बन्धी समस्या पनि थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मंगलबार ४७६ पीसीआर र १ हजार ९६० एन्टिजेन गरी कुल २ हजार ४३६ जनाको परीक्षणमा ऊक्त संख्यामा संक्रमित देखिएका हुन् ।

पीसीआरतर्फ ७४ र एन्टिजेन परीक्षणमा ३२ जनामा संक्रमण देखिएको हो । हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । हाल संस्थागत आइसोलेसनमा २४ जना, आईसीयूमा १३ जना र भेन्टिलेटरमा ५ जना रहेका छन् ।

यसअघि सोमबार १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नयाँ भेरिएन्ट देखिएसँगै संक्रमितको संख्या केही हप्तायता बढ्दो क्रममा छ । हाल सक्रिय संक्रमितको संख्या ४६९ पुगेको छ । १ हजार हाराहारीमा हुँदै आएको कोभिड परीक्षण गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार