सोमवार, कार्तिक ३ गते २०८३

रौतहटको गरुडामा झडप हुँदा ६ जना प्रहरी घाइते

बुधवार , चैत्र २९, २०७९

काठमाडौं। रौतहटको गरुडामा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा परेर गरुडा-५ का गजेन्द्र साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाइ फायर गरेको थियो । प्रदर्शनकारीको ढुंगामुढाबाट नगरपालिका वरिपरी रहेका गाडीमा क्षति भएको छ ।

प्रहरीले दिपक यादवसहित चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको रौतहट प्रहरीका एसपी वीरबहादुर बुढा मगरले बताए । गरुडा क्षेत्रमा अहिले सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार