आइतवार, आश्विन २५ गते २०८३

जसपा विवादमा निर्णय गर्न आयोगको ईजलास बस्दै

बिहिवार , श्रावण ७, २०७८

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादबारे निर्णय गर्न निर्वाचन आयोगमा आज ईजलास बस्दैछ ।जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव दुई पक्षमा विभाजन भएका छन् ।

यसपछि दुवैले पार्टीको आधिकारिक पक्ष आफू भएको दाबी आयोगमा पेस गरेका हुन्। विवाद निरुपणका लागि प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा ५ सदस्सीय इजलास गठन गरेको हो। 

आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार केन्द्रीय कार्यकारिणी समितिको बहुमत हेरेर निर्णय गरिनेछ। राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणका आधारमा कुनै पक्षलाई आधिकारिता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत हुनेलाई मान्यता दिइने प्रावधान छ। 

इजलासले गत आइतबारदेखि जसपा विवादबारे सुनुवाइ गरिरहेको हो। 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार