सोमवार, कार्तिक ३ गते २०८३

मिटरब्याज पीडित र सरकारबीचको वार्ता भंग, सरकारी पक्षले माग सम्बोधन नगरेको गुनासो

बिहिवार , चैत्र ३०, २०७९

काठमाडौं। सरकार र मिटरव्याज पीडितहरुबीचको वार्ता भंग भएको छ । बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निणर्ायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो ।

चैत २० गतेदेखि काठमाडौंमा आन्दोलनरत मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले सहमति नजुटेपछि अब आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहोर्‍याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए।

प्रवक्ता नविनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले वास्ता नगरेको आरोप लगाए।

यसअघि संघर्ष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग वार्ता गरेको थियो । त्यस क्रममा उपप्रधानमन्त्री श्रेष्ठले आन्दोलन स्थगित गर्न आग्रह गरेको र आफूहरुले नमानेको बताए।

मिटरब्याज पीडितको सबै समस्या सरकारले गठन गरेको आयोगबाटै समाधान हुने भन्दै उपप्रधानमन्त्री श्रेष्ठले गाउँ जान आग्रह गरेका उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार