काठमाडौं। नेपालकै चर्चित व्यूटी सैलून ‘फेसियल हाउस’ले नयाँ बर्ष २०८० को अवसरमा क्यालेन्डर सावर्जनिक गरेको छ ।
क्यालेन्डर महिला चेम्बरको अध्यक्ष उर्मीला श्रेष्ठ, चर्चित नायिका पूजा शर्मा तथा पद्या कन्या क्याम्पसमा प्रध्यापक अरुणा रायमाझी र फेसियल हाउसकी प्रबन्धक निर्देशक तथा बरिष्ठ सौंदर्यविद सुष्मा महराले सार्वजनिक गरेका हुन्।
महरा आफै क्यालेन्डरमा मोडेलका रुपमा प्रस्तूत भएकी छिन् । महराले विषेश त: नेपाली मौलिकता तथा नयाँ पुस्ताले भूल्दै गएको नेपाली भेषभूषालाई प्रथमिकतामा राखेर क्यालेन्डरमा प्रस्तूत गरिएको छ ।
नयाँ बर्षको शुभकामना तथा क्यालेन्डर विमोचन कार्यक्रममा अतिथिका रुपमा महिला चेम्बरका अध्यक्ष उर्मीला श्रेष्ठले अन्तराष्ट्रिय जगतमा नेपाली मौलिकता बढ्दै गएको हुदाँ यस प्रकारकाको कामले नेपाली मौलिकतामा थप टेवा पुग्ने बताइन् ।
नेपालीमा अल्छिपना बढ्दै गएकाे र मेहनतले नै हाम्रोे प्रगति हुने भन्दै उनले नेपाली मौलिकताले संरक्षण गर्न आग्रह गरिन् । नायिका पूजा शर्माले नेपाली मौलिकता जोगाउन हामी सबैले मिलेर लाग्नुपर्ने बताइन् ।
फेसियल हाउसकी प्रवन्धक निर्देशक महराले श्रमका लागि कसैसंग नडराउन आग्रह गरिन् । उनले श्रम नै आफ्नो अमूल्य सम्पति भएको भन्दै इमान्दारीकता साथ श्रम गरे अवश्य सफल हुने बताइन् ।
पछिल्लो समय २०७२ को विनाशकारी भूकम्प, विश्वमारी रुपमा फैलिएको कोभिड तथा पछिल्लो समय अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका बाजुत पनि व्यवपार व्यवासायमा असर गरेको भन्दै पछिल्लो समय व्यवसायमा समस्या परेको बताइन् । ‘पछिल्लो समय मात्रै होइन् भूकम्पपछि देखि हालसम्म देखिएको समस्याले व्यवसायमा धेरै नै समस्या देखिएको छ’,उनले भनिन् ‘व्यवसायमा देखिएको समस्यालाई हल गदै अघि बढ्नु पर्छ ।’
नेपालकै एक प्रतिष्ठित फेसियल हाउस काठमाडौंसहित देशका प्रमुख शहरमा ६ वटा शाखा कार्यालय रहेका छन् ।
काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सीटीसी मल, सुन्धारा, चावहिल, पोखरा, सुर्खेत र धनगढीमा शाखा कार्यालय रहेको छ ।
फेसियल हाउसले करिब सय हाराहारीमा रोजगारी दिएको छ ।