काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका छन् । पुष्पलाल स्मृति दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बाटो बिराएका सबैलाई आममाफी दिने भन्दै सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् ।
उनले भने आन्दोलनलाई सफल पारौँ, एकजुट भएर जाऔं।’ ओलीले भने, ‘पद र स्वार्थका कुरा छोडौं, देश र जनताका समस्याका कुरा गरौं, हाम्रो बिजय यात्रालाई कसैले पनि रोक्न सक्दैन।’
यद्यपी कम्युनिष्ट आन्दोलन र पार्टीले आफ्नै कारणले ठूलो क्षति ब्यहोरेको उनको भनाइ छ । निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो पार्टी नेतृत्वको सरकार ढाल्न दुनियाँ लाग्दा पनि खुट्टा समेत हल्लाउन नसकेपछि अदालतको परमादेशबाट हराइएको बताए ।
त्यसका बाबजुद एमाले स्थानीय तह, प्रदेश र संघीय संसदमा प्रमुख शक्ति रहेको भन्दै उनले भने, ‘देशको प्रमुख राजनीतिक शक्ति हो, लोकतान्त्रिक आन्दोलनको प्रमुख राजनीतिक धार हो ।’