बुधवार, आश्विन १४ गते २०८३

यमनमा दान वितरण कार्यक्रममा भागदौड हुदाँ ७८ जनाको मृत्यु

बिहिवार , बैशाख ७, २०८०

साना ।  रमजानको अवसरमा यमनको राजधानी सानास्थित एउटा विद्यालयमा रकम (दान) वितरण कार्यक्रममा भागदौड हुदाँ ७८ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार रमजानको अवसरमा वितरण गर्न लागिएको रकम लिनका लागि सो बिद्यालयमा सयौं मानिस जम्मा भएका थिए । प्रतिव्यक्ति करिब ९ डलर (करिब ७ सय ४० रुपैयाँ) रकम दिइँदै गर्दा भएको भाग दौडमा परी ७८ जनाको मृत्यु भएको हो ।

यसरी, रकम वितरण गर्दा सुरक्षाको ख्याल नगरिएको भन्दै रकम वितरण गर्नेलाई प्रहरीमा हिरासतमा लिई अनुसन्धान सुरु गरिएको सुरक्षा अधिकारीले जनाएका छन । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार