सोमवार, कार्तिक ३ गते २०८३

मातातीर्थमा दर्शनार्थीको घुइँचो [फोटोफिचर]

बिहिवार , बैशाख ७, २०८०

काठमाडौं। शुक्रबार (आज) वैशाख कृष्ण औँसी अर्थात् मातातीर्थ औँसी । यसदिनलाई आमाको मुख हेर्ने दिनको रुपमा मनाइने गरिन्छ । 

मातातीर्थ औंसीमा आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ ।

आमालाई विभिन्न खानेकुरा, कपडा तथा मनपर्ने वस्तु उपहार दिने चलन छ भने दिवंगत आमाको सम्झनामा तर्पण दिएर आमाप्रति श्रद्धाभाव प्रकट गरिन्छ । सोहीक्रममा काठमाडौंको थानकोटस्थित मातातीर्थमा बिहानैदेखि दर्शन गर्नेको भीड लागेको छ।

दिवंगत आमाको सम्झनामा मातातीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्दछन्। 

341100768_926322241751357_4445936054394981624_n.jpg1681969813.jpg

341064035_243259334855186_4457630969683302527_n.jpg1681969812.jpg340598409_611665927531722_7355831182081617743_n.jpg1681969809.jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार