काठमाडौं। सिरहाको मिर्चैया नगरपालिकाले घर भत्काइएको विरुद्ध स्थानीयबासीले गरिरहेको आन्दोलनमा गोली चलेको छ। आन्दोलनको क्रममा ५ प्रहरी र दर्जनौं स्थानीयबासी घाइते भएका छन् ।
नगरपालिका घेराउ गर्न पुगेका प्रदर्शनकारीहरूले आफूहरूले उठाएको विषयमा मेयर श्रवण यादवले जवाफ दिनुपर्ने अडान राखेका थिए । तर मेयर यादव कार्यालय बाहिर नआउनुभएपछि झडप सुरु भएको थियो।
प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरुमा लाठीचार्ज गरे पनि स्थिति नियन्त्रणमा नआएपछि २७ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए। उनका अनुसार प्रदर्शनकारीहरूको ढुगांमुढा र तोडफोडले नगरपालिकाको सवारीमा क्षति पुगेको छ ।
बजार क्षेत्रका स्थानीयलेसडक विस्तारको नाममा घर तोडफोड गरेको, मनोमानी तरिकाले नगरपालिका चलाएको, आफ्नो आसेपासेको नाममा पोखरीको जमिन कित्ताकाट गर्न लगाएको लगायतको आरोप लगाउँदै केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।