सोमवार, श्रावण २५ गते २०८३

२४ घण्टामा २७१४ संक्रमित थपिए, २४ जनाको मृत्यु

बिहिवार , श्रावण ७, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,१२२ पीसीआर परीक्षणमा १८५५ जना र ३,७०७ एन्टिजेन परीक्षणमा ८५९ जना गरी २७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७४ हजार ७२६ पुगेको छ । बिहिबार संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ६६१ जनाको मृत्यु भएको छ ।

त्यस्तै आज १२८८ जना संक्रमणमुक्त भएका छन् । यो संगै ६ लाख ३७ हजार ६९० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ जना रहेका छन् ।

जसमध्ये २४ हजार ६१६ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६३५ जना आईसीयू र १७२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार