आइतवार, आश्विन २५ गते २०८३

२२ सांसदको जवाफ : ओलीले प्रधानमन्त्री छोड्न नमान्दा ’फ्लोर क्रस’ गर्नुपर्यो

बिहिवार , श्रावण ७, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरण बुझाएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बुझाइएको जवाफमा प्रधानमन्त्रीबाट ओलीले राजीनामा नदिँदा आफूहरुले फ्लोर क्रस गर्नुपरेको उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६(३) को सरकार बनाउनु पर्नेमा त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६ को उपधारा ३ अन्तर्गतको प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरिएको छ ।  

बैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्दथ्यो, तर राजीनामा नदिई पार्टी र दलको निर्णय बिना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत ओलीले आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरित कुरा भएको उनीहरुले जवाफमा उल्लेख छ ।

त्यसैको विरोध स्वरुप फ्लोर क्रस भएको स्पष्टिकरणमा भनिएको छ । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री चयनमा विवेकको मत दिनु पार्टी विधान र लोकतन्त्र विपरित नभएको उनीहरुको दाबी समेत छ । 

22-mp.jpg22-mp1.jpg22-mp3.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार