काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला पेशीको इजलास तोकिएको छ ।
लामिछानेविरुद्धको मुद्दाको अन्तिम फैसलाका लागि न्यायाधीश दीपक ढकालको इजलासमा पेसी परेको छ। मुद्दा न्यायाधीश ढकालको इजलासमा चौथो नम्बरमा पेसी परेको हो।
अन्तिम सुनुवाइमा दुवै पक्षको बहस सकिए लगत्तै फैसला आउनेछ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका लामिछानेविरुद्ध गत कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।
१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी)माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।