सोमवार, कार्तिक ३ गते २०८३

सवारी चालक अनुमतिपत्रको नवीकरण अवधि अब १० वर्ष बनाइने

मंगलवार , बैशाख १२, २०८०

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरेको छ ।

मंगलबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स नवीकरणको अवधि बढाउन लागिएको जानकारी दिएका हुन्।

 ५/५ वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्दा सर्वसाधारण सेवाग्राहीहरूलाई झन्झट भएको भन्दै मन्त्रालयले १० वर्षमा एक पटक नवीकरण गरे हुनेगरी तयारी थालेको मन्त्री ज्वालाको भनाइ छ ।

हाल सवारी लाइसेन्स नवीकरणको अवधि ५ वर्षको रहेको छ । नवीकरणको समयावधि बढाएर राहदानी (पासपोर्ट) कै अवधि बराबर लाइसेन्सको नवीकरण अवधि पनि १० वर्ष पुर्‍याउन लागेको हो ।

योसँगै सेवाग्राही सर्वसाधारणलाई थप सुविधा पुग्ने मन्त्री ज्वालाको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार