काठमाडौँ। सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसकी प्रबन्ध निर्देशक बरिष्ठ ब्युटिसियन सुष्मा महरा सम्मानित भएकी छिन् । विहीबार वीरगञ्जमा भएको नेपाल ब्युटिसियन संघको चौथो केन्द्रीय महाधिवेशनमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले महरालाई सम्मान गरेका हुन् ।
लामो समयदेखि निष्ठा र समर्पणका साग महिला उद्ममी, रोजगारदाता, सेवामूलक व्यवसायी, एवं समाजसेवीका रूपमा निरन्तर सक्रिय रहि निष्ठापूर्वक ब्युटिपार्लर सञ्चालन गरेको भन्दै महरालाई सम्मान गरेको संघले जनाएको छ । सम्मानित महरा नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंको जिल्ला कोषाध्यक्ष समेत हुन्।
सौन्दर्य क्षेत्रको अग्रणी व्यवहारिक प्रतिष्ठान ‘ब्युटिसियन तथा हेयर डिजाइनरलाई हेयर स्टाइल सम्बन्धी एडभान्स सीप समेत सञ्चालन गर्ने नेपालकै नम्बर एक सैलुन फेसियल हाउस भएको भन्दै संघले संस्थाको सर्वाङ्गीण विकासमा पुर्याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन भएको जनाएको छ ।
नेपालकै एक प्रतिष्ठित फेसियल हाउस काठमाडौँसहित देशका प्रमुख शहरमा ६ वटा शाखा कार्यालय रहेका छन् । काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सीटीसी मल, सुन्धारा, चावहिल, पोखरा, सुर्खेत र धनगढीमा शाखा कार्यालय रहेको छ ।
फेसियल हाउसले करिब तीनसय हाराहारीमा रोजगारी दिदैँ आएको छ । फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुप्रै सेवा दिदैँ आएको छ ।