काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । आज बिहान सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर रावलले राजीनामा फिर्ता लिएका हुन् ।
गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लाग्दा रावलले पार्टीभित्रको आन्तरिक असन्तुष्टिका कारण प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
बिहीबार एमाले वरिष्ठ नेता माधव नेपाल रावलको घरमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । त्यसअघि अध्यक्ष केपी ओलीले पनि राजीनामा फिर्ता लिन रावललाई आग्रह गरेका थिए । रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुन् ।