सोमवार, कार्तिक ३ गते २०८३

सोफा उत्पादक सङ्घको अध्यक्षमा तारालाल धरेल निर्वाचित

आइतवार , बैशाख १७, २०८०

काठमाडाैं। सोफा उत्पादक सङ्घको अध्यक्षमा तारालाल धरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न प्रारम्भिक साधारणसभाबाट सोफा हव काठमाडौँका सञ्चालक समेत रहेका धरेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। 

सङ्घको उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा सुरेश अम्गाई, कोषाध्यक्षमा दीपेन्द्र धरेल, सदस्यमा सुजन ढकाल, मनोज साउडी, रेमन नेपाली, मोहन दनाई, पुरन मगर, ज्ञानेन्द्र धरेल र सत्यन देवकोटा चयन भएका छन्। 

निर्वाचित भएपछि धरेलले नेपालमा प्रयोग हुने सोफामध्ये २० प्रतिशत सोफा विदेशबाट आयात हुने गरेको बताए। विदेशबाट आयात हुने सोफालाई प्रतिस्थापन गर्न सरकार लाग्नुपर्ने अध्यक्ष धरेलको भनाइ छ।

कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले सरकारी निकायमा नेपालमा उत्पादित सोफा प्रयोग गर्नुपर्नेमा जोड दिए। 

सङ्घको प्रारम्भिक साधारणसभा उद्घाटन गर्दै उनले सरकारी निकायमा स्वदेशमा उत्पादित सोफा प्रयोग गर्ने वातावरण निर्माण गरे मात्र मुद्रा विदेशिनबाट जोगिने बताए। 

“विदेशी सोफा नेपालमा भित्र्याउने वातावरण अन्त्य गर्नका लागि स्वदेशमा उत्पादित सोफालाई प्रोत्साहन गर्नुपर्छ, यसका लागि बागमती प्रदेश सहयोग गर्न तयार छ”, उनले भने।

मन्त्री लामाले सोफा उत्पादनका लागि आवश्यक पर्ने जनशक्ति निर्माणका लागि बागमती प्रदेशले तालिम दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार