काठमाडौं। एसीसी पुरुष प्रिमियर कप क्रिकेटको उपाधिका लागि यूएईले नेपाललाई ११८ रनकाे सामान्य लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको युएईले ३३.१ ओभरमा १० विकेट गुमाउँदै ११७ रन बनाएको छ ।
नेपालका लागि अहिलेसम्म ललितले ४, करण केसी र सन्दीप लामिछानेले २–२ तथा सोमपाल कामी र गुलसन झाले १–१ विकेट लिए।
एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् ।