सोमवार, कार्तिक ३ गते २०८३

यातायात कार्यालयका उपसचिवविरुद्ध १ करोड १५ लाखको भ्रष्टाचार मुद्दा

मंगलवार , बैशाख १९, २०८०

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयको सुकेधारास्थित सवारी चालक अनुमतिपत्र कार्यालयका उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भट्टराईले सरकारी सेवा प्रवेश गरेको २०३८ साउन १ देखि २०७५ मंसिर मशान्तसम्म गरेको आम्दानी र खर्चको हिसाब गर्दा उनको सम्पत्तिमध्ये १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँको स्रोत नखुलेको अख्तियारको दाबी छ ।

उनको वैध आम्दानी १ करोड ९२ लाख एक हजार ९२२ रहेको तर उनको खर्च ३ करोड ७ लाख ३१ हजार ११६ रुपैयाँ ५ पैसा देखिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

अख्तियारले भट्टराईविरुद्ध १ करोड १५ लाख २९ हजार १९३ रुपैयाँ ७१ पैसा बिगो माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले भट्टराईले अवैध आर्जनको सम्पत्ति आमा इन्दिरा भट्टराई, पत्नी मुना अधिकारी भट्टराई, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको देखिएको भन्दै उक्त रकम जफत गर्न पनि माग गरेको छ  ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार