काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । त्यस्तै मन्त्रालयका अनुसार १६७८ जना संक्रमणमुक्त भएका छन् ।