काठमाडौं। संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ ।
माथिल्लो अरुणको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा हेलिकप्टर दुर्घटना भएको जानकारी स्थानीयले दिएको बताए।
घटनाबारे थप जानकारी लिनका लागि प्रहरी अहिले त्यसतर्फ गएको छ ।