सोमवार, कार्तिक ३ गते २०८३

सिम्रिक एअरको हेलिकप्टर दुर्घटनाः एक जनाको मृत्यु, चार जनाको उपचार हुँदै

शुक्रवार , बैशाख २२, २०८०

काठमाडौं। संखुवासभाको भोटखोला गाउँपालिका-४ मा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय भविन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए। मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रुपमा कार्यरत थिए। गुरुङलाई हेलिकोप्टरमार्फत् उपचारका लागि ल्याउने क्रममा तुम्लिङटार विमानस्थलमा मृत्यु भएको हो ।

शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका ४ हटिया,सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर सिम्रिक एअरको हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, छिरिङ भोटे, मनोज थापा,विद्युत प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका छन्।

क्याप्टेनसहित ४ जनाको काठमाडौंको मेडिसिटी अस्पतालमा उचार भइरहेको छ । घाइतेमध्ये शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सिम्रिक एयरको अर्को हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याईएको हो ।

हेलिकोप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर जाने क्रममा दुर्घटनामा परेको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए।

भोटखोला-५ राप्साबाट सामान ढुवानी गर्ने क्रममा शुक्रबार दिउँसो दुर्घटना भएको गाउँपालिका अध्यक्ष वाङ छेदर भोटेले जानकारी दिए।

342694964_562616489313730_646896495550683030_n1683284486.png

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार