आइतवार, कार्तिक २ गते २०८३

खराब मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान प्रभावित 

बुधवार , जेठ ३, २०८०

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ ।  आन्तरिक उडानतर्फ विराटनगर र राजविराजबाट उडेका बुद्ध एयरका दुईवटा जहाज जनकपुर डाइभर्ट गरिएको छ ।

अन्य आन्तरिक उडान पनि प्रभावित बनेका छन् ।

अन्तर्राष्ट्रिय उडानतर्फ अहिले दिल्लीबाट आएको भिस्टारा एयर, टोकियोबाट आएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज र दोहाबाट आएको कतार एयरवेजको जहाजले ’ओभरसुट’ गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार