बुधवार, आश्विन १४ गते २०८३

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टिम घोषणा

सोमवार , जेठ ८, २०८०

काठमाडौं। जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो ।

रोहितकुमार पौडेले कप्तान रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करन केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी तथा अर्जुन साउद छन् ।

यस्तै सन्दीप जोरा, देव खनाल, किशोरी महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, मौसम ढकाल र अविनाश बोहरा पनि प्रारम्भिक टोलीमा परेका छन् । नेपाली टोलीले भोलिदेखि प्रशिक्षण सुरु गदैछ ।

जिम्बावेमा आगामी जुन १८ देखि सुरू हुने विश्वकप छनोटमा घरेलु टोलीसहित वेष्ट इन्डिज, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, नेपाल, अमेरिका र युएईले प्रतिस्पर्धा गर्नेछन् । छनोट प्रतियोगिताबाट दुई टोली आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा पुग्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार