आइतवार, कार्तिक २ गते २०८३

स्विटजरल्याण्ड पठाइदिन्छु भन्दै ७ लाख ठगी, एक महिला पक्राउ

सोमवार , जेठ ८, २०८०

काठमाडौं। स्विटजरल्याण्ड पठाइदिन्छु भनी रकम ७ लाख रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ  गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-४ स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका-११ दशबिघा बस्दै आएकी ४६ वर्षीया पार्वती थापा रहेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीलाई उनलाई गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीका लागि स्वीटजरल्याण्ड पठाइदिन्छु भन्दै  पटक-पटक गरी ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार